किशोरीलाई करणी गरेको आरोपमा ३ जना पक्राउ !

 कोरखबर   १८ कार्तिक, २०७७



कार्तिक १८, विराटनगर । जबरजस्ती करणीका घटनामा संलग्‍न तीन अभियुक्तलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३, सिमपानेका चक्रबहादुर चौधरी, सुकमान तामाङ छन् । कात्तिक १३ गते राति अन्दाजी पौने १२ बजे मोरङ बेलबारी नगरपालिका १, अमना सिसौलीको २१ वर्षीय चौधरीले ५० वर्षीय तामाङको सहयोगमा १४ वर्षीयामाथि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रतिवादी सुकमान तामाङ र उनका सहयोगी चक्रबहादुर चौधरीलाई जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डीएसपी) मानबहादुर राईले जानकारी दिए ।

यसैगरी कात्तिक १३ गते दिउँसो साढे ३ बजे ग्रामथान गाउँपालिका १ मा २१ वर्षीय युवतीलाई जर्बजस्ती करणी गर्ने जमेश सरदार पनि पक्राउ परेका छन् । निज पीडकलाई ग्रामथान गाउँपालिका २, झोराहाटबाट पक्राउ गरी जबरजस्ती करणीअन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post