मुकेश चौरसिया हत्या प्रकरण : वीरगञ्जबाट एकजना पक्राउ !

    १७ कार्तिक, २०७७



कात्तिक १७, काठमाडौं– पर्साका मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हत्यामा संलग्न भएको आरोपमा पर्सा विन्दवासीनी गाउँपालिका–४ मधवलका ३२ वर्षीय उत्तम भन्ने निरन्जन तिवारीलाई पक्राउ गरेको हो। 

तिवारीसहितको टोलीले कात्तिक ६ गते पर्साको बिन्दबासिनी गाउँपालिकाका सत्तारुढ नेकपाका सचिव चौरसियामाथि आक्रमण गर्दा उनको ज्यान गएको थियो। 

पर्सा विन्दवासिनी गाउँपालिका–५ प्रसौनी गाँउस्थित सेलर मिलको भवनमा आयोजित नेकपा विन्दवासीनी गाँउपालिका कमिटीको सपथ  कार्यक्रमस्थल बाहिर झडप भएको थियो। 

दुई पक्षबीच विवाद हुँदा बाँसको भाटाले एक अर्कालाई प्रहार गर्ने क्रममा चौरसिया घाइते भएका थिए। घाइते चौरसियाको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post