बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु !

 कोरखबर   १२ कार्तिक, २०७७



कातिक १२,बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एकैदिन दुई जनाको ज्यान गएको छ। भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्ग मधुवन नगरपालिका-३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुईजना स्थानीय युवाको मृत्यु भएको हो।

पाटेबाघको आक्रमण गर्दा मधुवन नगरपालिका-३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए।

मंगलबार बिहानैदेखि हराएका उमेशलाई केही साथीसँग सामुदायिक वनमा खोज्न गएका बेला दिनेशलाई बाघले आक्रमण गरेको थियो। सँगै गएका साथीहरु उनलाई बाघले आक्रमण गरेपछि गाउँमा आएर होहल्ला गरी सुरक्षाकर्मी सहितको टोली वनमा पुगेका हुन्।

गाउँबाट मानिस वनमा पुग्दा दिनेशलाई बाघले गम्भीर आक्रमण गरेको अवस्थामा फेला पारेको र सोही क्षेत्रमा खोजीगर्दै जाँदा बिहानैदेखि हराएका उमेशको समेत बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वाग्लेले जानकारी दिए ।

खाताजैविक मार्गमा एकसाता अघि घाँस काट्न गएकी सोही निवासी २९ बर्षीया गंगा खत्रीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post