असोज ३०, काठमाडौं । ‘बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने डा.बावुराम भट्टराइको अभिब्यक्तिप्रती प्रधानमन्त्री केपी शर्मा ओली कटाक्ष रुपमा प्रस्तुत भएका छन् ।
६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आँफुहरुले त्यस्तो हर्कत गर्नै नसक्ने बताए । उनले भने –‘हामि त्यस्तो गैह्रजिम्मेवार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी कदापि गर्न सक्दैनौ।’
डा. भट्टराईले केही दिनअघि राजधानी बाहिरको एक कार्यक्रममा प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड सहितका ठुला नेताले बुढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उनले आँफु त्यसको प्रमाण दिन समेत तयार रहेको बताएका थिए ।
भट्टराईको यो भनाई प्रति संकेत गर्दै प्रधानमन्त्री ओलिले भने–‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको,कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ ।’ प्रधानमन्त्री ओलीले आफ्नो सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निति लिएको दावी पनि गरे ।
प्रधानमन्त्री ओलीले आँफुहरु जिम्मेवार भएर मात्रै अगाढी बढ्ने स्पष्ट पारे । भ्रष्टाचार बिरुद्धको सुन्य सहनशिलता र कार्यान्वयनमा प्रहरीको मूख्य भुमिका रहने प्रधानमन्त्री ओलीको भनाई थियो ।