किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ !

 कोरखबर   २९ असोज, २०७७



असोज २९, काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४० वर्षीय दिपेश देवकोटालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

दिपेशले असोज ८ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post