डा. केसीले जुस पिएर तोडे १९औं अनशन !

 कोरखबर   २५ असोज, २०७७



असोज २५,काठमाडौं। स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९औं पटक आमरण अनशन बसेका डा.गोविन्द केसीले अनशन तोडेका छन्। 

डा. केसीलाई ४६ वर्षका विकास नेपालीले जुस पिलाएका छन्। नेपाली केही समयअघि कोरोना संक्रमणमुक्त भएका त्रिवि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी हुन्। अनसन तोडेसँगै डा. केसीलाई अब आईसीयूमा राखेर उपचार गरिने जानकारी दिइएको छ। 

शनिवार आफ्नो मागमा सरकाले सहमति जनाएपछि डा.केसीले २८‍औं दिनमा आईतबार अनशन तोडेका हुन्। सरकारद्वारा गठित वार्ता टोली संयोजक शिक्षासचिव गोपीनाथ मैनाली र डा. केसीबीच शनिबार राति अबेर ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो।  दुई पक्षबीच भएको सहमति पत्र लिएर शिक्षासचिव गोपिनाथ मैनाली डा. केसीलाई भेट्न महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए। 

डा. केसीले २९ भदौबाट जुम्लाबाट अनशन थालेका थिए। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई ५ असोजमा नेपालगञ्‍ज ल्याइएको थियो।  त्यसको भोलिपल्ट ६ असोजमा काठमाडौं ल्याइएपछि उनी महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका थिए। 

यस्तो छ, सरकार र डा. केसीबीच भएको सहमति !



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post