भरतराज पौड्याल परराष्ट्र सचिवमा नियुक्त !

 कोरखबर   २३ असोज, २०७७



असोज २३, काठमाडौँ ।  सरकारले भरतराज पौड्याललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए ।

वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको हो । यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन् ।

यसअघि तीन जनाको नाम सचिवको रुपमा अगाडि आए पनि सरकारले वरिष्ठतालाई नै आधार मानेर सचिव नियुक्त गरेको हो । भर्खरै पाकिस्तानका लागि नेपालको राजदूतको जिम्मेवारी सम्हालेर आएकी सहसचिव सेवा लम्साल र न्युर्योकस्थित नेपालको संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रमुख तथा सचिव अमृतकुमार राई पनि सचिवका दाबेदारका रुपमा थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post