आफ्नै बाबुबाट कैलालीमा ११ वर्षीया किशोरी बलात्कृत !

 कोरखबर   २२ असोज, २०७७



असोज २२,काठमान्डौ । कैलालीमा बुवाबाट ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको गोदावरी नगरपालिका ११ मा ४५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बुवाले छोरीमाथि जबरजस्ती करणी गरेको दाबीसहित जाहेरी दर्ता भएको जानकारी दिए ।

गत शनिबार राति छोरीमाथि उनले जबरजस्ती करणी गरेको उल्लेख गरिएको जनाउँदै प्रहरी नायब उपरीक्षक विष्टले आइतबारदेखि नै उनी फरार रहेकाले खोजी भइरहेको बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post