बालिकालाई करणी गर्न खोज्ने ४३ वर्षीय पुरूष पक्राउ !

    २२ असोज, २०७७



काठमाडौं, २२ असोज । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा काठमाडौंबाट एक ४ पुरूष पक्राउ परेका छन् ।

बुधवार दिउँसो पौने ४ बजेतिर कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकै बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक पक्राउ परेका हुन् । स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो ।

बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरलेका अनुसार विकमाथि थप अनुसन्धान भइरहेको छ ।

बालिकालाई मेडिकल गर्न पठाइएको छ । सामाजिक सन्जालमा उनलाई नियन्त्रणमा लिइएको भिडियो भाइरल भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post