उदयपुरमा कन्टेनर पल्टिदा दुई जनाको मृत्यु

 कोरखबर   २२ असोज, २०७७



असोज २२,उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–वेतेनी सडकखण्डमा बुधबार बेलुका कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको खाली कन्टेनर कटारी नगरपालिक-८ सिरिसेस्थित दमाभीरमा दुर्घटना हुँदा कटारी – ८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

कन्टेनर करिब ५ सय मिटर तल खसेर ठुलो ढुङ्ग्गाले थिचिएको अवस्थामा रहेको र मृतकको शरीरलाई उद्धार गर्न प्रहरीलाई ६ घण्टा लागेको डिसपी भण्डारीले बताए ।

दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि राती नै विराटनगर पठाइएको भण्डारीले बताए ।

उनीहरुको टाउकोमा गम्भीर चोट लागेकोले रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर राजकुमार गजमेरले बताए ।घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post