पेस्तोल र गोली सहित २ जना पक्राउ !

 कोरखबर   २१ असोज, २०७७



असोज २१, बाँके । बाँके प्रहरीले २ जनालाई पोस्तोल र गोलीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–२० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका–१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना रहेका छन् ।

जिल्लाको नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post