मरेको चित्तलसहित बाँकेमा २ जना पक्राउ !

 कोरखबर   २१ असोज, २०७७



असोज २१, नेपालगन्ज। मारेको चित्तलसहित दुई जना पक्राउ परेका छन् । बाँके राप्तिसोनारी गाउँपालिका ६ कुण्डाचोक स्थितमा जंगली जनावर (चित्तल) मारेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टी (क) पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला बाँके डुडुवा गाउँपालिका वडा नं ४ राप्तीनदी पुल फत्तेपुरबाट नेपालगन्ज तर्फ आउदै गरेको सामेल रोका र अन्जन हमाललाई पक्राउ गरेको बुधवार प्रहरीले जनाएको छ ।

रोकाले चलाई ल्याएको भे ८ प ५४६५ नं. को मोटरसाईकल पछाडी अन्जन हमाल बसी उनीहरुले मोटरसाईकलको विचमा चितल राखेर ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुले ल्याएको चितल अन्दाजी २५ र २६ किलोग्रामको पोथी जातको रहेको प्रहरीको भनाइ छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको १० लाख सम्म जरिवाना र ५ वर्ष देखि १० वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने कानुन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछ गर्दा बरामद चितल जिल्ला बाँके राप्तीसोनारी ६ ढलैया वस्ने रामु वली बाट ११हजारमा खरिद गरि ल्याएको बताएका छन् । त्यस्तै उक्त चितल आफूर आफन्तले खानका लागि रामु वलीले मारेको उनीहरुले बताएका छन् । अहिले प्रहरीले रामु वलीको खोजतालस गरिरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post