सुतिरहेकै अवस्थामा महिला बलात्कृत !

 कोरखबर   २० असोज, २०७७



असोज २०,काठमाडौं। ओखलढुङ्गामा सुतिरहेको अवस्थामा महिला बलात्कृत भएकी छिन् ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मानेभन्ज्याङ उँवुका मेडल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले ती महिलालाई सुतिरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post