सिरहाबाट ८ जुवाडे पक्राउ !

 कोरखबर   २० असोज, २०७७



असोज २०, काठमाडौँ । सिरहाबाट जुवा खेलिरहेको अवस्थामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मिर्चैया नगरपालिका–६ कटारी चौकस्थित होलिडे होटलमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु मिर्चैया नगरपालिका–८ बस्ने २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ वर्षीय दिलिप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, गोलबजार नगरपालिका–१ बस्ने ३२ वर्षीय नातिकाजी राई, उदयपुर कटारीका २५ वर्षीय बिशाल सुनार ३४ वर्षीय दानबहादुर राई रहेका छन् ।

गोप्य सूचनाको आधारका इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले ८ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जुवाखेलिरहेको अवस्थामा उनीहरुको साथबाट १ लाख ६ हजार २९५ रुपैयाँ र ३ बुक तासको गड्डी समेत बरामद भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post