बझाङ बलात्कार घट्ना : गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ !

 कोरखबर   २० असोज, २०७७



असोज २०,काठमान्डौ । बझाङमा साउन २६ गते भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १४ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा संलग्न भनिएको यो घटना गाउँमै गुपचुप पारिएको थियो।

पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले बताए।

सिंहका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर ५०० रूपैयाँ जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post