बालिका बलात्कारको आरोपमा सप्तरिमा एक युवक पक्राउ !

    १९ असोज, २०७७



असोज १९,सप्तरी । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक  युुवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको जिलाको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेको प्रहरीले जनाएको छ ।पीडित परिवारको उजुरीका आधारमा पक्राउ परेका सरदारविरुद्ध आजै उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्यादसमेत थप गरेको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएका बेला शनिबार साँझ बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित सरदारलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार पीडितको स्वास्थ्य परीक्षण भएको बताइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post