प्रधानन्यायाधीशसहित सर्वोच्चका १६ न्यायाधीश होम क्वारेन्टाइनमा !

 कोरखबर   १९ असोज, २०७७



असोज १९, काठमाडौं । प्रधाननयायाधीश चोलेन्द्र शमशेर राणासहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेनटाइन्समा बसेका छन् । सर्वोच्चका एकजना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पत्ता लागेपछि न्यायाधीशहरु होम क्वारेन्टाइनमा बसेका हुन् ।

प्रधानन्यायाधीश राणासहित होम कवारेन्टाइनमा बसेका न्यायाधीशहरु कम्तिमा पाँच दिन सर्वोच्चमा उपस्थित नहुने बुझिएको छ । आज दुईजना न्यायाधीशहरु मात्र उपस्थित छन् ।

प्रधानन्यायाशीश राणा अबको पाँच दिन सर्वोच्चमा अनुपस्थित हुने भएपछि बुधबारलाई तोकिएको बामदेवविरुद्धको पेशी सर्ने निश्चितप्रायः भएको छ । बामदेवविरुद्धको मुद्दा संवैधानिक इजलाशमा राखिएको छ । ७ असोजमा प्रधानन्यायधीश राणासहितका न्यायाधीशहरुको इजलाश गठन गरिएको थियो । रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post