बसभित्रै किशोरीमाथी सामुहिक बलात्कार, दुई पक्राउ !

 कोरखबर   १८ असोज, २०७७



असोज १८,काठमान्डौ । भक्तपुरमा एक किशोरीमाथी सामुहिक बलात्कार भएको छ । लठ्ठिने औषधी खुवाएर १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ पनि गरेको छ ।  

महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन्। उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए।  

उनीहरूले ती किशोरीलाई १६ र १७ गते पटक-पटक बलात्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। ती किशोरीका परिवार अहिलेसम्म सम्पर्कमा आएका छैनन्। सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा छिन्।

घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन्।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post