मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु

 कोरखबर   १६ असोज, २०७७



काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट उर्लाबारी नगरपालिका-९ बस्ने २९ वर्षीय देउ कुमार लिम्बूको मृत्यु भएको हो।

ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा लिम्बु गम्भीर घाइते भएका थिए। घाइते लिम्बूको विएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post