एक दर्जन सवारी साधनलाई कारबाही

 कोरखबर   १६ असोज, २०७७



काठमाडौं । मापदण्ड बिपरित यातायात सन्चालन भएको गुनासो बढेपछि यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक प्रहरी र नगरपालिकाको संयुक्त टोलिले इलाममा यातायात अनुगमनमा कडाई गरेको छ ।

सुरक्षा मापदण्ड पुरा नगरी तोकिएको क्षमता भन्दा बढि यात्रु बोकेको पाइएपछि एक दर्जन सवारी साधनलाई कारबाहि गरिएको छ ।

यातायात व्यवस्था सेवा कार्यालयका निमित्त प्रमुख रविन्द्र श्रेष्ठले नियमित अनुगमनलाई प्रभावकारी बनाइने बताउनु भयो । जिल्लामा समेत यातायात सुरक्षा मापदण्ड कार्यविधि तयार पारि अनुगमन गरिएको हो ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post