जबरजस्ती करणीको आरोपमा वडासचिव पक्राउ !

    १५ असोज, २०७७



असोज १५ ,जनकपुरधाम । दलित महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा महोत्तरीका एकजना वडा सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको भंगहा नगरपालिका-९ का सचिव मिथिलेश यादवलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, एसपी टिकाबहादुर केसीले जानकारी दिएका छन् । 

उनिमाथी सोही वडाकी एकजना दलित महिलाले जबरजस्ती करणी गरेको मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गरिएको एसपी केसीले बताए ।

महिलाले बजारबाट घरतर्फ जाँदै गर्दा मदिरा सेवन गरेका यादवले जबरजस्ती करणी गरेको बयान प्रहरीसमक्ष दिएकी छन् । महिलाको मेडिकल जाँच गराउने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post