नक्कली कागजात तयार गर्ने तिन जना पक्राउ !

 कोरखबर   १५ असोज, २०७७



असोज १५,कैलाली। भारत जाने नेपालीको नक्कली कागजात तयार गर्ने धनगढीका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार भारत जाने नेपालीको नक्कली कागजातहरु तयार पारेको आरोपमा धनगढी उपमहानगरपालिका–२ का जयन्द्र स्वाँर र छत्र रावल तथा वडा नम्बर-४ का मानबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post