थुनुवा महिला मृत्यु अवस्थामा करागारभित्र

 कोरखबर   १५ असोज, २०७७



काठमाडौं । गरुडामा महिला तथा बालबालिका सेवाकेन्द्रको हिरासतमा एक थुनुवा महिलाको मृत्यु भएको छ ।

गुजरा नगरपालिका २ कटानीबजारकी राधिका राउतको गरुडाको महिला बालबालिका सेवाकेन्द्र हिरासतमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी डीएसपी भरत श्रेष्ठले पुष्टि गरे।

मृतक महिला छारे रोगको बिरामी भएको र लामो समयदेखि औषधि सेवन गरिरहेको अनुसन्धानमा खुलेको छ ।

गुजरा नपा २ का  वडाअध्यक्ष थारुले राधिकाले लामो समयदेखि छारेरोगको उपचार गराइरहेको बताएका छन । हिरासतमा महिलाको मृत्यु भएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post