चरेससहित दुई युवा प्रहरी नियन्त्रणमा

 कोरखबर   १५ असोज, २०७७



काठमाडौं । लागुऔषध चरेस सहित बझाङबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङको वित्थडचिर गाउँपालिका–२ लिमबाट २५ किलो चरेससहित बझाङ बुङ्गल नगरपालिका–२ का दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post