घुस लिने कार्यालय सहयोगी पक्राउ !

 कोरखबर   १५ असोज, २०७७



असोज १५,जनकपुरधाम । नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिएका जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् । उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियार घुसको रकमसहित बिहीबार पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनले नागरिकताको सिफारिस गराइदिने भन्दै एक जना सेवाग्राहीसँग घुसवापत उक्त रकम लिएको अख्तियारले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post