उपत्यका लकडाउन नजिक , २४ हजार नाघे कोरोना संक्रमित !

 कोरखबर   १५ असोज, २०७७



असोज १५,काठमान्डौ । काठमान्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको तथ्यांक अनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा ६ सय भन्दा माथिको हाराहारीमा बढिरहेको छन्।

 पछिल्लो केही दिन यता बढेको संक्रमित संख्याको ग्राफलाई नियाल्दा उपत्यकाका तिनै जिल्ला कोरोना केन्द्र बनेका छन्। उपत्यकामा हालसम्म संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ। काठमाडौंमा सबैभन्दा बढी संक्रमित रहेका छन्। भक्तपुरमा सबैभन्दा कम संक्रमित २ हजार १ सय २७ छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज पहिलो हप्ता संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सरकारलाई सिफारिस गरेको थियो । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकोले यस्तो सिफारिस गरिएको त्यतिवेला बताएका थिए । 

पछिल्लो समय कोरोना संक्रमितको ग्राफ हेर्दा सक्रिय संक्रमितको संख्या नियमित बढ्ने देखिन्छ । सक्रिय संक्रमित २५ हजार नाघेको खण्डमा अव सरकारले लकडाउन नै गर्छ या वैकल्पिक निर्णय गर्छ ,त्यो भने हेर्न बाँकी नै छ । 

पछिल्लो समय कोरोना संक्रमितको ग्राफ हेर्दा सक्रिय संक्रमितको संख्या नियमित बढ्ने देखिन्छ । सक्रिय संक्रमित २५ हजार नाघेको खण्डमा अव सरकारले लकडाउन नै गर्छ या वैकल्पिक निर्णय गर्छ ,त्यो भने हेर्न बाँकी नै छ । 

पछिल्लो समय कोरोना नियन्त्रण गर्न तथा कन्टयाक ट्रेसिङ गर्ने सम्पूर्ण काम केन्द्र सरकारले मुलुकभरका स्थानीय तहलाई जिम्मा दिएको छ। त्यही अनुरुप हरेक स्थानीय तहले एक जना स्वास्थ्यकर्मीलाई कोरोना संयोजकको रुपमा खटाएर कोरोना नियन्त्रण तथा परीक्षण र कन्टयाक ट्रेसिङको कार्यलाई तिव्रता दिइरहेका छन् ।

कन्ट्रयाक ट्रेसिङको काम देखि संक्रमितको पहिचान गर्नेको जिम्मा स्थानीय तहलाई केन्द्रीय सरकारले सुम्पदा कोरोना नियन्त्रण गर्नलाई सबैभन्दा बढी चुनौती स्थानीय तहलाई रहेको छ।

 

 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post