बलात्कारको आरोपित वडा सचिव प्रहरी हिरासतमा

 कोरखबर   १५ असोज, २०७७



काठमाडौं । महोत्तरीमा एक दलित महिला बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन्।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर-९ स्थित मुसहरी टोलकी दलित महिलालाई बलात्कार गरेको आरोपमा वडा नम्बर-९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले बताएका छन्।

महिलाले दिएको बयान र जाहेरीको आधारमा  यादवलाई पक्राउ गरिएको बलात्कार भए नभएको पुष्टि भने मेडिकल परिक्षणपछि मात्रै थाहा हुने प्रहरी उपरीक्षक केसीले जानकारी दिए । 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post