वामदेवमाथि उठेको प्रश्‍न सुनुवाइका लागि पाँच जनाको संवैधानिक इजलास गठन

 कोरखबर   १४ असोज, २०७७



असोज १४,काठमान्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमविरूद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।

नेता गौतमको राष्ट्रिय सभामा मनोनित योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको हो ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । संवैधानिक इजलासले दुवैपक्षको तर्क सुनी गौतमको मनोनयनमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने आदेश गर्नेछ ।

संवैधानिक इजलासले आदेश जारी गरेमा गौतमले राष्ट्रिय सभा सदस्यको जिम्मेवारी पाउनुहुने छैन । उक्त मुद्धालाई आजको पेसी सूचीमा इजलास नं. पूर्ण १ मा राखिएको छ ।

यसअघि एकल इजलाशले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो ।

असोज ७ गते सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमको मुद्दालाई संवैधानिक इजालसमा पठाएको थियो। गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनू भनेर सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।

आजदेखि बहस सुरू हुने प्रधानन्यायाधीशसहितको पूर्ण इजालसमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post