प्रधानमन्त्री ओलीका प्यारा नेता , मन्त्री बन्ने लाइनमा !

 कोरखबर   १२ असोज, २०७७



असोज १२,काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकटमा पर्दा केही पूर्व माओवादी नेताहरुबाट ठूलै साथ पाए । आफूलाई पर्दा साथ दिनेको गुन तिरेरै छाड्ने स्वभावका ओलीले यसपटक ती नेताहरुलाई पुरस्कृत गर्ने तयारी गरेका छन् ।

विश्वस्त स्रोतका अनुसार ओलीका प्यारा बनेका पूर्व माओवादी नेताहरु मन्त्री बन्ने पक्कापक्की जस्तै भएको छ । उनीहरुलाई बालुवाटारले ग्रिन सिग्नल दिइसकेको छ । कतिपयले दौरा सुरुवाल ठिक्क पारेका छन् ।

बालुवाटारबाट ग्रीन सिग्नल पाएका पूर्व माओवादी नेताहरुमा टोपबहादुर रायमाझी र जर्नादन शर्मा प्रभाकर छन् । दुवै जना ओलीका प्यारा बनेका छन् । उनीहरुले सत्ता संकट पर्दा ओलीलाई प्रत्यक्ष अप्रत्यक्ष साथ दिएका थिए । दुवैजना मन्त्री बन्ने लाइनमा छन् ।

हरिबोल गजुरेलप्रति पनि ओली सकारात्मक बनेका छन् । तर, उनले मन्त्री नबन्ने बताइसकेका छन् ।

ओलीलाई खुलेर साथ दिनेमा उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि हुन् । उनी प्रचण्ड खेमाको बैठकमा सहभागी पनि भएनन् । मन्त्री भट्टले चलाइआएको मन्त्रालय फुटाउने तयारी भएको छ । त्यस्तो अवस्थामा उनको मन्त्रालय हेरफेर हुनसक्छ । तर, भट्टलाई सरकारमै राख्ने ओलीको चाहना रहेको बुझिएको छ ।

राजीनामा मागिंदा ओलीप्रति नरम बनेका दिनानाथ शर्मालगायत पनि मन्त्री बन्ने दौडमा छन् । मणि थापा सांसद छैनन् । रिपोर्टर्स नेपाल



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post