चीनिया दूतावासमा प्रदर्शन गर्ने कांग्रेस कार्यकर्ताहरु पक्राउ

 कोरखबर   १२ असोज, २०७७



काठमाडौं । काठमाडौंको बालुवाटारस्थित दूतावास अगाडि नेपाल विद्यार्थी संघले हुम्लामा नेपाली भूमि मिचेर भवन निर्माण गरेको बिषयलाई लिएर प्रदर्शन गरेको छ । सोमबार बिहान काठमाडौंको बालुवाटारस्थित चीनिया दूतावास अगाडि नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा विरोध प्रदर्शन भएको हो।

आफ्नै भूमिमा फर्की चीन लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन्।  'चिनौं सीमाना, जोगाऔं माटो' अभियान अन्तर्गत चिनियाँ दूतावासअगाडि प्रदर्शन गरिएको नेविसंघका नेता मनिष सिम्खडाले जानकारी दिए।

नारा जुलुस गरेको भन्दै प्रदर्शनकारीलाई  प्रहरीले नियन्त्रणमा  लिएको छ । नेविसंघ नेता नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्कालाई पक्राउ गरेको हो ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post