काठमाडौं । काठमाडौंको टेकुमा बसको ठक्करबाट सांसद प्रकाश रसाइली घाइते भएका छन् ।
आज बिहान टेकुमा बा २ ख ९८१० को मिनी बसले रसाइली सवार बा ६५ प ५६७३ स्कुटरलाई ठक्कर दिंदा रसाइली घाइते भएका हुन ।
घाइते रसाइलीको नर्भिक अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।