स्काभेटर पल्टिँदा गोठ पुरियो

 कोरखबर   ११ असोज, २०७७



काठमाडौं । सिन्धुलीमा स्काभेटर दुर्घटना भएको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ३, ग्वाल्टारमा सडक खन्नेक्रममा स्काभेटर पल्टिएको प्रहरीले जनायो ।

दुर्घटनाबाट स्थानीय लालबहादुर भुजेलको गोठमा क्षति पुगेको इलाका प्रहरी कार्यालय खुर्कोटकी प्रमुख शान्ता वाइवाले जानकारी दिइन् । स्काभेटरले गोठ थिचेपछि भुजेलको गोठ पूर्णरूपमा क्षति हुनुका साथै एउटा बाच्छो र बाख्रा समेत च्यापिएको उनले बताइन्।

खडक पुनर्निर्माणका क्रममा स्काभेटर दुर्घटना भएको थियो । दुर्घटनामा स्काभेटरमा समेत क्षति पुगेपनि एकिन विवरण आएको छैन् ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post