कोठाभित्र बालिकाको शव फेला

 कोरखबर   १० असोज, २०७७



काठमाडौं ।बराह क्षेत्र नगरपालिका वडा नं. १ कटहरेमा आफ्नै घरमा एक बालिका मृत भेटिएकी छन्।

१२ वर्षीया बालिका मिना राईको हत्या आशंकामा आधा दर्जनभन्दा बढी स्थानीय किशोरहरूलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बालिका राईको टाउकोमा चोट र घाँटीमा रुमाल र टिसर्ट बेरिएको अवस्था भेटिएपछि उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ।

शुक्रबार राति छिमेकीमा धामी बसेको हेर्न बालिका मिना उनका आमा बुवासहित गएकी थिइन् तर उनी आमाबुवाभन्दा अघि नै फर्किएकी थिइन्।  धामी हेरेर अबेर बाबुआमा फर्किँदा बालिकाको शव कोठामा थियो ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post