जाहाज आगलागीमा २२ जनाको मृत्यु

 कोरखबर   १० असोज, २०७७



काठमाडौं । युक्रेनको खर्किभीस्थित सैन्य विमान दुर्घटनामा सैनिक अधिकृत सहित २२ जनाको मृत्यु भएको छ ।

मिडियाका अनुसार युक्रेनियन एयरफोर्स दुर्घटना हुँदा अरु दुईजना गम्भीर घाइते भएका छन् । साथै घटनाबारे छानविन गरिने उनको भनाइ छ ।

विमानभित्र २७ जना भएकोमा घटनामा मृत्यु हुने विद्यार्थी छन् । दुर्घटनामा घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । युक्रेनियन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस घटनालाई भयानक त्रासदी हो भनेका छन् ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post