जग्गा विवादका साक्षीमाथि आक्रमण,श्रीमतीको मृत्यु ,श्रीमान घाइते

 कोरखबर   १० असोज, २०७७



काठमाडौं । रौतहटमा दम्पतीमाथी आक्रमण हुदा श्रीमतीको मृत्यु भएको छ भने उनका श्रीमान सख्त घाइते भएका छन ।

देवाही गोनाही-५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । चार जनाको समूहले हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारको लागी वीरगञ्ज लगिएको थियो । तिवारी पत्नीको मृत्यु भएको छ भने महेशको अवस्था गम्भीर छ ।

उनीहरुले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भीक अनुमान छ । घटनामा सङ्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post