९ महिनामा कतारमा १०९ जना नेपालीले ज्यान गुमाए !

 कोरखबर   १० असोज, २०७७



दोहा कतार । पछिल्लो ९ महिनाको अवधिमा कतारमा १०९ जना नेपालीहरुको ज्यान गएको छ । पछिल्लो समय विश्वभर फैलिरहेको कोरोना भाईरस संक्रमणका कारण १८ जना र अन्यको विविध कारणले ज्यान गएको नेपाली दुतावासले जनाएको छ । 

कर्मथलो कतारमा दुर्घटना तथा बिभिन्न कारणले ज्यान गुमाउने नेपालीहरुको संख्या दैनिक रुपमा बढीरहेको छ । कोरोनाका कारण ज्यान गुमाएका १८ जनासहित थप १२ जनाको अन्त्येष्टी कतारमै गरिएको छ ।

१२ जना बिभिन्न कारणले मृत्यु भएका र नेपालबाट परिवारले कतारमा अन्त्येष्टी गर्न सहमति दिए पछि मात्र अन्त्येष्टी गरिएको नेपाली राजदूतावासका द्वित्तीय सचिव भुवनप्रसाद भट्टले जानकारी दिएका छन् । भट्टका अनुसार लकडाउन यता ७५ वटा शव नेपाल पठाई सकिएको छ भने ४ जनाको शव कतारको शव गृहमा रहेको छ ।

अहिले कोरोनाका कारण प्रवासमा असहज परिस्थितिमा परेका र नेपाल फर्कनै पर्नेहरूलाई उद्धार गर्ने नेपाल सरकारको निर्णय बमोजिम कतारबाट सहजिकरण उडान भईरहेका छन्  दोहाबाट शनिवारमात्रै नेपाल एयरलाईन्सले ४६ औँ सहजिकरण उडान गरेको छ । 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post