शवलाई च्यापेर हिँडेको बाघ नियन्त्रणका लागी हात्तीसहितको टोली परिचालन

 कोरखबर   १० असोज, २०७७



काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुरमहानगरपालिका वडा नम्बर १३ का जन्हु महतो रहेका छन् ।

बेलशहर सामुदायिक वनमा घांँस काट्न गएका बेला बाघले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए । बाघको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थापाले जानकारी दिए  ।

शवलाई बाघले अहिले पनि च्यापेर हिँडेकोले निकुञ्ज र सौराहाका हात्तीसहितको टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
 
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post