जेलबाट छुटेलगत्तै आफूविरुद्ध साक्षी बसेका छिमेकीमाथि आक्रमण

 कोरखबर   १० असोज, २०७७



असोज १०,रौतहट– रौतहटमा छिमेकीले धारिलो हतियारले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन्।

देवाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका महेश तिवारी र उनकी श्रीमती जगरानी देवी तिवारीमाथि तीनजनाको समूहमा आएका छिमेकीले धारिलो हतियारले आक्रमण गर्दा जगरानी देवीको मृत्यु भएको हो। उनिहरुमाथी शुक्रबार राति घरमै बसिरहेको बेला दम्पतिमाथि आक्रमण भएको हो।

तिवारी दम्पतिमाथि स्थानीय बली मुखिया, सोनेलाल मुखिया र प्रदीप मुखियाले पहिले धम्की दिएको र त्यसको केही समयमा मादक पदार्थ सेवन गरी आएर धारिलो हतियारले आक्रमण गरेको रौतहटका प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए। गम्भीर घाइते रहेका महेशको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ।

प्रहरी उपरीक्षक शाहका अनुसार पक्राउ परेकाहरु विरुद्धको मुद्धामा विपक्षीका तर्फबाट महेश तिवारी साक्षी बसेकोले उनलाई ज्यान मार्ने धम्की दिइएको थियो। बली मुखियासहितका व्यक्तिहरु ज्यान मार्ने उद्योगमा भर्खरै धरौटीमा रिहा भएका थिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post