तानसेन सडक खण्डमा पहिरो, सडक अवरुद्ध

 कोरखबर   १० असोज, २०७७



काठमाडौं ।भीषण वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवलको तानसेन सडक खण्डमा  दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध छ ।

तिनाउ गाउँपालिका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक  अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको छ ।

प्रहरीले पहिरो हटाउन पहल भईरहेको जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवल पाल्पा,गुल्मी,स्याड्जा जाने र आउने सवारी साधनहरु रोकिएका छन् ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post