पहिरोले १८ घर बिस्थापित

 कोरखबर   १० असोज, २०७७



काठमाडौं  । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ मा पहिरोको उच्च जोखिमका कारण थप डेढ दर्जन घर परिवार विस्थापित भएका छन् ।

कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी, मैदान लगायतका स्थानमा शुक्रबार दिउँसो पहिरो खस्दा १७ घर बगाएको थियो । गाउँका ३५ घरमध्ये १७ घर बगाएपछि बाँकी १८ घर पनि उच्च जोखिममा परेपछि सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

पहिरोबाट १७ घर नस्ट भएपनि मानवीय क्षति नभएको नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । उनीहरुलाई गौरा माध्यमिक विद्यालयमा राखिएको अधिकारीले बताए ।

पहिरोले १७ परिवारका गोठ, कुखुरा, कृषि फार्म, घरमा रहेका नगद, खाद्यान्न, कपडा पनि पुरेकाले ठूलो क्षति भएको वडा अध्यक्ष बाबुराम गैरेले बताए ।

घटनास्थलमा शनिबार पनि प्रहरी र स्थानीयवासीले विस्थापित परिवारलाई व्यवस्थित तरिकाले राख्ने काम गरिरहेका छन् ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post