दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ !

 कोरखबर   १० असोज, २०७७



असोज १०, दैलेख – दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ परेका छन् । जिल्लाको नौमूले गाउँपालिका–३ द्वारीगाउँका १७ वर्षका किशोर र नौमूले गाउँपालिका–५ नौमूले गाउँकी १६ वर्षकी किशोरीलाई बालविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बालविवाह गरेको सूचनाका आधारमा उनीहरुलाई नौमूले गाउँपालिका–३ द्वारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनमोल श्रेष्ठले बताउनुभयो ।

त्यस्तै डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २७ वर्षका युवाले डुंगेश्वर गाउँपालिका–३ चौखडाकी १५ वर्षकी किशोरीलाई विवाह गरेको आरोपमा दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले गएको भदौ ३० गते विवाह गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

मुलुकी अपराध सहिंता ऐन २०७४ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानेको छ । बालविवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post