रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष जेल चलान !

 कोरखबर   ९ असोज, २०७७



असोज ९, रामेछाप ।  शरीर बन्दक, बलात्कार र ठगीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका् पर्पुक्षका लागि जेल चलान भएका छन् । खडकामाथिको थुनछेकको बहस सकिएसँगै शुक्रबार रामेछाप जिल्ला अदालतले पुर्पक्षको लागि जेल पठाउने फैसला गरेको अदालत स्रोतले बताएको छ ।

गाउँपालिकाको केन्द्र धोवी बजारस्थित सडक निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले पालिका अध्यक्ष खड्काविरुद्ध शरिर बन्दक तथा अपहरणको उजुरी दिएका थिए । पालिका अध्यक्ष खड्का माथी स्थानिय एक युवतीले बलात्कारको आरोप समेत लगाएकी छिन ्। 

जिल्ला अदालतल रामेछापले बलात्कारको आरोपमा खड्कालाई पुर्पक्षको लागि जेल पठाउने फैसला गरेको बुझिएको छ । अदालतले ठगी मुद्दामा ५० लाख र शरिर बन्दक मुद्दामा खड्कासंग २ लाख धरौटी माग गरेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post