अबैध लागुऔषध ओसारपसारमा संलग्न ८ जना पक्राउ !

 कोरखबर   ९ असोज, २०७७



असोज ९,उदयपुर । उदयपुर प्रहरीले बिभिन्न नाकाबाट लागुऔषध भित्र्याउँदै गरेको अबस्थामा ८ जनालाई पक्राउ गरेको छ । सप्तरीको फत्तेपुरबाट लागु प्रतिबन्धित लागुऔषध ल्याएर आउँदै गरेको अबस्थामा उदयपुरको त्रियुगा नगरपालिका– २ मोथियाहीबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षीय रजामुदिन अन्सारी, २० वर्षीय मिलन बिश्वकर्मा, २० वर्षीय सागर पौडेल, २२ वर्षीय शिब अधिकारी, २२ वर्षीय दिलिप घिमिरेलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक ९एसपी० भिमबहादुर दाहालले जानकारी दिए ।

त्यसैगरी त्रियुगा नगरपालिका– ६ स्थित प्रहरी चौकी लालपत्ताले अबैध लागुऔषध गाईघाट ल्याउँदै गरेको अबस्थामा सप्तरी कृष्ण सबरमका ३१ वर्षीय प्रबेश मिया र उनी श्रीमती २६ वर्षीय हजारुम खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

फत्तेपुरबाट गाईघाट आउँदै गरेकाहरुको साथबाट चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔषध बरामद गरेको थियो । उनीहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लालपत्ताबाट पक्राउ परेका मुस्लिम श्रीमान श्रीमतीको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल अबैध लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अबैध लागुऔषधसहित पक्राउ परेका आठै जनालाई अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post