सेनाको हेलिकोप्टरमा दार्चुलाको छाङरु पुगे गृहमन्त्री थापा !

 कोरखबर   ९ असोज, २०७७



असोज ९,काठमान्डौ । सशस्त्र प्रहरी महानिरीक्षक र गृहसचिवसहित गृहमन्त्री रामबहादुर थापा दार्चुलाको छाङरु पुगेका छन्।

छाङ्रुमा निर्माण हुन लागेको सशस्त्र प्रहरीको गुल्मको भवन शिलन्यासका लागि गृहमन्त्री थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

काठमाडौंबाट सुर्खेतसम्म स्काइ ट्रकमा र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमा सो टोलि छाङरु गएको हो। छाङरुमा सशस्त्र प्रहरीको गुल्मका लागि भवन निर्माण हुँदैछ।

भवन निर्माणका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। भवन अत्याधुनिक सुविधासहितको हुने गृह मन्त्रालयले जनाएको छ। यसअघि हिउँदको समयमा हिउँ पर्न थालेपछि त्यसक्षेत्रमा प्रहरी बस्दैनथ्यो। तर भवन निर्माणपछि सधैंभरी प्रहरी बस्ने छ।

भारतले अक्रिमण गरेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय सुरक्षा फौजहरुको उपस्थिति र अन्य गतिबिधि समेत बढाउँदै लगेपछि नेपालले छाङरुमा सुरक्षाकर्मी तैनाथ गरेको हो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post