कोरोना संक्रमीत कैदी आइसोलेसनबाट फरार

 कोरखबर   ९ असोज, २०७७



स्याङ्जा । कोरोना सङ्क्रमीत कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका-४ का युवक भिरकोट नगरपालिकाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचार गर्दै गर्दा बिहीबार राति भागेको प्रहरीले जनाएको छ ।

गाई मारेको अभियोगमा पक्राउ परेका ती युवकलाई  कोरोना सङ्क्रमण देखिएपछि कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचार भइरहेको थियो । अहिले ऊनी अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post