पहिरो बसमाथि खस्दा एकको मृत्यु,६ जना घाइते

 कोरखबर   ९ असोज, २०७७



काठमाडौं । नवलपरासीको नवलपुर दाउन्‍नेमा भिरबाट बस पल्टदा एकजनाको मृत्यु  र ६ जना घाइते भएका छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २, दाउन्ने सडकमा माथिबाट खसेको पहिरोले बसलाई ठक्कर दिदा गुडिरहेको बस भिरबाट खस्दा बसमा सवार रुकुम-पश्चिम आठबीसकोट गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो । केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.५ख ७९४० नम्बरको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post