पहिरोले त्रिभुवन राजपथ अवरुद्ध, मकवानपुरको जनजीवन प्रभावित

 कोरखबर   ८ असोज, २०७७



काठमाडौं । अविरल वर्षाबाट भीमफेदी गाउँपालिका–९ मा पहिरो जादा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिरोबाट सडक अवरुद्ध भएपछि उक्त राजमार्ग अन्तर्गत हेटौँडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ ।

पहिरो हटाउन दिनभर लाग्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले बताए। त्यसैगरी भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिराजपथका विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अविरल वर्षाबाट मकवानपुरको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post