काेभिड-१९ टेष्ट:पिसिआर परिक्षणको विकल्प कुकुर ।

 कोरखबर   ८ असोज, २०७७



एजेन्सी । फिनल्यान्डको हेलसिन्की विमानस्थलमा सुुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह परिचालन गरिएको छ । युरोपमा भाइरसविरुद्धको लडाँइमा कुुकुर प्रयोग गरिएको यो पहिलो रेकर्ड  हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुुर प्रयोग गरिएको थियो ।

हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले विज्ञप्तीमार्फत कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्ने बताएका छन ।  विमानस्थल सञ्चालक फिनाभियाका अनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन्, जुन  पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो ।  हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ । जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ ।

दुुबईमा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसअघि सुघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरु यसरी नै परिचालन गरिएको थियो । विमानस्थलका सञ्चालकहरुका अनुसार परीक्षण ल्याबको दाँजोमा कुकुुरले अझै चाडों संक्रमित व्यक्तिले लक्षण देखाउनुुअघि नै संक्रमित पहिचान गर्छ ।

कोरोना पोजेटिभ यात्रुलाई विमानस्थलभित्रको सिटी हेल्थ इन्फर्मेसन पोइन्टमा पठाइन्छ ।  यस अपरेशनमा सहभागी अधिकांश कुकुरहरुले पहिले पनि सुँघेर पत्ता लगाउने काम गरिरहेका थिए । फिनाभियाका अनुसार अपरेशनमा सक्रिय कोस्सी नाम एक कुुकुुरले ७ मिनेटमा सुँघेर कोरोना भाइरस पत्ता लगाउछ ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post