बालिकाको नग्न शव फेला,बलात्कारपछि हत्याको आशङ्का

 कोरखबर   ८ असोज, २०७७



काठमाडौं । बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काका अनुसार बालिकाको शरीरभरि निलडाम र नग्न अवस्थामा शव फेला परेको छ ।


घरदेखि २ किलोमिटर टाढा बालिकाको नग्न शव फेला परेको डीएसपी खड्काले जानकारी दिए । स्थानीय तथा बालिकाको आफन्तले नै प्रहरीलाई खबर गरेका प्रहरीको भनाइ छ ।

बालिकाका बुबाआमा भने रोजगारीका सिलसिलामा भारतमा छन् । छोरीको मृत्यु खबर पाएलगत्तै उनीहरु नेपाल फकिँदै छन् । मृतक बालिकाको शव पोस्टमार्टमको लागि चैनपुर लगिएको खड्काले बताए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post