पहिरोमा परि ६ जनाको मृत्यु

 कोरखबर   ८ असोज, २०७७



काठमाडौं । पहिरोमा परि  स्याङ्जाको वालिङमा ६ जनाको मृत्यु भएको छ। पुरिएकाहरुको शव निकालिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

वालिङ १४ तमादीमा बिहीबार बिहान घर माथिबाट पहिरो झर्दा माया परियारको घर पुरिएको थियो। सो घरमा १० जना रहेको जनाइएको छ।

बेपत्ता भएको ४ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि स्थानीय र सुरक्षाकर्मी जुटेका छन्।

यस्तै बिहीबार बिहान कालीगण्डकी गाउँपालिका- ४ स्थित गौतमडाँडामा पहिरो जाँदा १८ वर्षे कृष्ण दमैको पनि मृत्यु भएको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post